सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

७० बर्षका बृद्वले १३ बर्षियालाई बलत्कार गरेपछी

भक्तपुरमा ७० वर्षका दुई बृद्धबाट अपांगता भएकी १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ संगम टोलकी ती किाशेरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुईजना ज्येष्ठ नागरिकलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय ७० वर्षीय श्यामबहादुर मिजार र घटेरो सार्कीलाई जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो । बालिकाको आफन्तको किटानी जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार बालिकाका आफन्तले मिजार र सार्कीले फरक फरक मिति र स्थानमा बालिकालाई फकाएर जबरजस्ती करणी गरेको जाहेरी दिएका छन् । जिल्ला अदालत भक्तपुरमा सोमबार म्याद थप गरी जबरजस्ती करणीका आरोपीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताएका छन ।

त्यस्तै भक्तपुर चाँगुनारायण नगरपालिकाकै वडा नं. १ दुवाकोटकी ३० वर्षीया युवती बलात्कारको शिकार भएकी छन् । प्रहरी नायव उपरीक्षक पोखरेलका अनुसार कञ्चनपुर बेलडाडी–७ घर भई हाल चाँगुनारायण दुवाकोट बस्ने ३२ वर्षीय विष्णुबहादुर शाहीलाई ती युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ ।

युवतीले गत असोज ४ गते शाहीले फकाएर भक्तपुर नगरपालिका–१ स्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्