सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जापानी भाषाको परिक्षा र नतिजा अब अनलाईनमा

अध्यय्नका लागी होस् या कामका लागी होस् । भाषा जापान जानेका लागी पहिलो प्राथामीकता हो । यो अनिवार्य नियम भन्दा पनि आवश्यकता हो । किन कि, जापानीहरु जापानी भाषा बाहेक अरु भाषा बुझे पनि प्रयोग गर्दैनन् । यही कुरालाई मध्येनजर गर्दै जापान जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषाको परीक्षा दिन पाउने भएका छन् ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको मोग सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिएका छन् ।

कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिन पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ ।

जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पिजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । सोही संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो ।

मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिन पाउनेछन् । परीक्षा शुल्क रु. तीन हजार पाँच सय लाग्नेछ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिन्छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS