सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

पुर्ण रुपमा स्वस्थ भए प्रधानमन्त्री केपी ओली

छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण रुपमा स्वास्थ्यलाभ भएको छ । प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका रिपोर्टहरु अध्ययन पश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको हो ।

प्रधानमन्त्री ओली छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका थिए ।

सेण्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य भएको उल्लेख गरिएको छ ।

डा श्रेष्ठले विज्ञप्तीमा भनेका छन्–“प्रधानमन्त्रीज्यू पहिलेको जस्तै अवस्थामा आउनुभएको छ, तर आज या शनिबार डिस्चार्ज गर्ने भन्नेबारेमा अहिले निर्णय भइसकेको छैन ।”

प्रधानमन्त्री ओलीको उपचारमा मुटु रोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS