बैदेशिक रोजगारीमा हरेक दिन ३ नेपालीको मृत्यु
देशमा रोजगारको व्यवस्था नहुँदा वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । विदेश जानेको संख्या बढेसंगै परदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या पनि दिनदिनै बढ्दो छ ।
चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको तथ्यांकले देखाएको छ । मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ ।
आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ । रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम बर्सेनी बढ्दै गइरहेको छ ।
सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनामा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ ।
तथ्यांक अनुसार देनिक सरदर ३ जना नेपालीले विदेशमा ज्यान गुमाउने गरेका छन् । सरकारले आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति ७ लाख रुपैयाँ दिने गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्