हेपाहा वेलायत, रद्द गर्यो पर्यटन मन्त्रीको भिषा
लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा सहभागी हुन जाने तयारीमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको भिषा रद्द भएपछी चौतर्फी चासो र चर्चा सुरु भएको छ । लागिसकेको भिषालाई रातो मसिले क्रस गरेर वेलायतले नै हेपाहा प्रवृत्ती देखाएको हो या राहदानी संकलन गर्ने भिएचएफ कार्यालयले हेपेको हो त्यो भने प्रस्ट हुन सकेको छैन ।
यद्यपी भिएचएफ कार्यालय काठमाण्डौले प्रहरीसँग आफ्नो गल्ती भएको स्वीकार गर्दै आईतबारसम्म अर्को भिषा लगाइदिने वचन भने दिएको छ । नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत जान लागेका पर्यटन मन्त्री रविन्द्र अधिकारीको भिसामा वेलायती दूतावासले लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो ।
मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाएपछि उनको बेलायत भ्रमण प्रभावित हुन पुगेको हो ।
भिसा रद्द भएको अवस्थामा भेटेपछि यस बिषयमा यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काठमाडौँ स्थित भिसा वितरक सस्था भीएचएफ ग्लोवलको अफिस पुगेर मुचुल्का उतारेको थियो ।
सुरुमा मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएचएफका कर्मचारीलाई प्रहरीले कानुनी दायरामा ल्याउने चेतावनी दिएपछि गल्ति स्वीकार गर्दै हस्ताक्षर गरि आइतवार सम्म पुनः अर्को भिसा इसु गर्ने वचन दिएका थिए ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारी बाहेक अन्य कर्मचारीले बिहिवार नै भिसा हात पारेका थिए । मन्त्रीको भिसा नआएपछि मन्त्रालयका कर्मचारी बिहानैदेखि भीएचएफको कार्यालयमा भिसा कुरेर बसेका थिए । नोभेम्वर १ मा जारि गरिएको अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अँझै प्रष्ट हुन सकेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्