सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुख;द खवर ! जिप भेरी नदीमा खस्दा १० को मृत्यु

डोल्पामा सोमबार बोलेरो जीप भेरी नदीमा खस्दा १० यात्रुको घटनास्थलमै मृत्यु भएको छ । सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो ।

दुनैबाट गुडेको जीप ठूलीभेरी–३ कालागौडामा सडकबाट चिप्लिएर भेरी नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिएका छन् । थापाका अनुसार दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ । चालक दिनेश बोहोरा पनि घाइते भएका छन् ।

अहिले जीप नदीबाट बाहिर निकालिएको उनले जानकारी दिएका छन् । प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ । डिएसपी अबदेश बिष्टले भनेका छन्– ‘ओरालोमा ब्रेक लागेर जीप नदीमा खस्न गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्