सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दोस्रो पटक बोक्सीको आरोपमा कुटिईन राधा चौधरी

भोलेबाबा नामले चिनिने रामबहादुर चौधरीद्वारा बोक्सीको आरोपमा कुटपिट गरिएकी कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकी छन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिएका छन् । कुटपिट गर्ने चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको डीएसपी वलीले बताए ।

डिएसपी वलीका अनुसार कुटपिट गर्ने कालीचरणलाई मुकुली अपराध संहिंता २०७४ अन्तर्गत सजाय हुने छ । गत वर्ष फागुन २४ गते नारी दिवसका दिन स्थानीय भोलेबाबा भनेर चिनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै राधा चौधरीलाई निर्घात कुटपिट गरेका थिए ।

रामबहादुरसहित उनका सहयोगी दुईजना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् । बोक्सी भन्दै राधालाई फेरी कुट्ने कालिचरण पनि जेलको हावा खाने पक्का भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्