सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निजगढमा जिप र ट्याक्सी ठोक्कियो, ३ जनाको मृत्यु

बाराको निजगढमा ट्याक्सी र जिप एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । राति करिब १ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ग २ च २३२५ नम्बरको बोलेरो जिपसँग विपरित दिशाबाट आइरहेको बा २ ज २११७ नम्बरको ट्याक्सी एसआपसमा ठोक्किँदा सो दुर्घटना भएको निजगढ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २ जना बारा निजगढ नगरपालिका–७ का रहेका छन् । मृतक २५ वर्षीय आकाश माझी र विशाल माझीको घटनास्थलमै मृत्यु भएको छ । अर्का एकजना भक्तपुरका २८ वर्षीय समुद्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । घाइते २ जनाको पुरानो मेडिकल चितवनमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्