देउसी खेल्न जाँदा नुवाकोटबाट हराएका ५ युवती सुर्खेतमा
तिहारमा देउसी भैलो खेल्न गएका बेला हराएका नुवाकोटको लिखुका पाँच बालिका सुर्खेतमाा भेटिएका छन् । बुधवारदेखि बेपत्ता रहेका बालिकाहरु सुर्खेतमा भेटिएक हुन् ।
देउसी खेल्न गएका लिखु गाउँपालिका–३ पट्टावारीका बालिका बेपत्ता भएको तीन दिनपछि सुर्खेतमा भेटिएको परिवारले जानकारी दिएका हुन् । बुधवार साँझ देउसी खेल्न गाउँतर्फ गएका सिर्जना, सम्झना, सविना, सामना र रेमा थापामगरलाई सुर्खेतबाट उद्धार गरिएको नुवाकोट प्रहरीले जनाएको छ ।
उनीहरुलाई सुर्खेत पुर्याएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । देउसी खेल्न गएपछि सम्पर्कमा नआएकाले खोज तलास गर्नका लागि प्रहरीमा परिवारजनले बिहीबार जाहेरी दिएका थिए ।
खोजतलास गर्दा उनीहरु सुर्खेतमा फेला परेको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिएका हुन् । बालिकाहरु सुर्खेतमा कसरी पुगे र कसले किन लगेको हो भन्ने बिषयमा अनुसन्धान भईरहेकाले विस्तृत विवरण अनुसन्धानपछी मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्