सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भाईटिका लगाएर फर्किन लागेकी बहिनिमाथी खुकुरी

ताप्लेजुङको फुङलिङ नगरपालिका ३ का विवस मगरले आफैंलाई भाइटिका लगाइदिएकी बहिनी र दुई भाञ्जीमाथी खुकुरी प्रहार गरेका छन् । दाजुलाई टिका लगाउन धनकुटाबाट आएकी बहिनीलाई मंगलबार बिहान घर फर्कन लाग्दा खुकुरी प्रहार गरेका हुन् ।

बहिनी र भञ्जीहरुलाई खुकुरी प्रहार गरे पश्चात उनले आफ्नै पेटमा खुकुरी छिराएका थिए । गम्भिर घाइते भएकी बहिनी रेनुका मगर भुजेल, भाञ्जीद्वय ८ वर्षीया कृष्टिना र ६ वर्षीया ओरिना भुजेलको जिल्ला अस्पतालमा उपचार हुन नकसेपछि काठमाडौं रेफर गरिएको छ ।

विवसको पनि उपचार भइरहेको छ । रेनुका, कृष्टिना र ओरिनाको अधिकांश चोट टाउकोमा परेको छ । गाडी चढ्न हिँड्न लागेका बहिनी र भाञ्जीलाई बिहान ५ बजेको समयमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख इनिस्पेक्टर लक्ष्मण थापा मगरले जानकारी दिएका छन् ।

जिल्ला अस्पतालले रेफर गरेकाले उनिहरुलाई थप उपचारका लागि काठमाण्डौं लािगएको हो । उनीहरुलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थापामगरले बताए । खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । सबै घाइते भएको र उपचारमा रहेकाले घाइतेहरुको उपचारपछि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्