सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

देशद्रोही सिके राउतलाई सुरक्षाका साथ अदालतमा

तराईलाई नेपालबाट अलग गराउने अभियान चलाएका बिखण्डनबादी, देशद्रोही सिके राउतलाई बिहीबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । राज्यद्रोहको मुद्दामा रौतहतबाट पक्राउ परेका राउतलाई विशेष सुरक्षाको साथ अदालतमा उपस्थित गराइएको थियो ।

विखण्डनकारी गतिविधि गरिरहेको आरोपमा पक्राउ परेका राउतविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट दायर भएपछि सर्वोच्चले ५ दिनभित्रै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

बिहीबार उक्त मुद्दामा बहस भए पनि फैसला शुक्रबार मात्रै आउने स्रोतले जनाएको छ । राउतलाई रौतहटबाट कात्तिक २१ गते प्रहरीले पक्राउ गरेको थियो । तराईमा देशद्रोही अभियान चलायए पनि भारतले संरक्षणमा रहेकाले उनलाई सरकारले पक्राउ गरेपनि तुरुन्त छाड्ने गरेको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्