सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

१८ बर्ष नपुगेकी प्रेमिकासँग होटलमा जाँदा जेलको बास

गर्लफ्रेण्डलाई लिएर होटलमा रात विताउन गएपछी काठमाडौंको कलंकीमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारी रहेका छन् ।

उनी बुधबार राति १५ वर्षीया प्रेमिकालाई लिएर होटल अन्नपूर्णमा ‘नाईट स्टे’ बस्न पुगेका थिए । छोरी घर नआएपछि परिवारले सोधिखोजी गर्ने क्रममा उनलाई होटल अन्नपुर्णमा रहेको फेला पारिएको थियो ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पाल भन्छन्–‘बुधबार राति अधिकारीले किशोरीलाई बलात्कार गरेको भनेर किशोरीको परिवारले जाहेरी दिएका छन् । त्यसैले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

पालका अनुसार अधिकारीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । डिएसपी पालले भनेका छन्–‘सहमतिमै भए पनि उमेर नपुगि शारीरिक सम्बन्ध राख्नु कानुनतः अपराध हो । त्यस्तैले किशोर साजनलाई मुद्दा चलाइएको हो ।’

 

किशोरको पारिवारिक स्रोतका अनुसार दुवै जना एउटै विद्यालयमा पढ्दै आएका थिए । किशोर किशोरी सहमतिमै होटलमा गएको भए पनि नेपालको कानुन अनुसार १८ बर्ष नपुगी यौन सम्बन्ध राख्नु अपराध भएकाले किशोरमाथी कारबाही हुने बताइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्