सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

वियजको रगताम्य लास घिसार्दै लग्दा प्रहरीले देखेपछी

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडीस्थित प्रदेश प्रमुखको कार्यालय अगाडि एक युवकको हत्या गरिएको छ ।

शुक्रबार राति साढे ९ बजेतिर धनगढी–४ कै अन्दाजी २५ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको टाउकोमा प्रहार भएको देखिएको छ ।

प्रदेश प्रमुखको कार्यालयको घेरपर्खाल अगाडिको सडक किनारमा रगताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी–४ कै आशिष सेटीलाई प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी आभुषण तिमिल्सिनाले सोधपुछका लागि केही अरु युवालाई पनि हिरासतमा लिएको बताएका छन् । शव पोष्टमार्टसका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्