सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्रिस्चियन धर्म प्रचारमा सरकार सहभागी नहुने भयो

दुईपटक नेपाल सरकारका मन्त्री भईसकेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेपालका लागी अध्यक्ष रहेको क्रिस्चियन धर्म प्रचारक कोरियन संस्था युनिभर्सल पिस फेडरेसनले धर्म प्रचारका लागी नेपालमा आयोजना गर्न लागेको कार्यक्रमको सह–आयोजकको भुमिकाबाट नेपाल सरकार बाहिरिएको छ ।

चौतर्फी रुपमा ब्यापक आलोचना र बिरोध भएपछी क्रिस्चियन धर्म प्रचारका लागी आयोजना गरिएको ‘जिससकी एकमात्र छोरी’ घोषणा कार्यक्रमको सह–आयोजकबाट नेपाल सरकारले हात झिक्न बाध्य भएको हो ।

यसअघि इसाई धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सह–आयोजक बन्ने अन्तिम निर्णय नै भइसकेको थियो ।

‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा नेपाल सररकार सह–आयोजक रहेको भन्दै व्यापक आलोचना भएपछि सरकार सहयोगी भूमिकामा मात्र रहेको हो ।

काठमाडौंमा मंसिर १४ देखि १७ गतेसम्म हुने उक्त कार्यक्रममा युपीएफका संस्थापक फादर मुन (डा.सन म्योङ मुन) कि श्रीमती डा.हाक जा हान मुनलाई ‘जिससकी एक मात्र छोरी’ घोषणा गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

उक्त कार्यक्रमबारे युपीएफको वेवसाइटमा राखिएको जानकारी अनुसार नेपाल सरकार सहयोगीको भूमिकामा रहेको छ । उक्त कार्यक्रममा नेपाल सह–आयोजक रहेको भनी विभिन्न क्षेत्रबाट विरोध भएको थियो ।

शनिबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलन नै गरी धार्मिक कार्यक्रममा सरकार सहआयोजक बस्न नमिल्ने भन्दै विरोध जनाएको छ । युपीएफ ‘न्यु क्रिस्चियन’ धर्म प्रचारका लागि २००५ मा स्थापना भएको कोरियन संस्था हो । यसको नेपाल अध्यक्ष पूर्वमन्त्री एकनाथ ढकाल छन् । ढकाल नेपाल परिवार दल खोलेर दुई पटक सांसद र मन्त्री बनेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्