सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौ ल्याउँदा निर्मलाका बुवाको खुट्टा भाँचियो

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया छोरी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै धर्ना बसीरहेका बेला बुवा यज्ञराज पन्तको मानसिक अवस्था बिग्रीएपछी उपचारका लागी काठमाण्डौ ल्याइएका उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

केही दिनयता मानसिक स्थिति असामान्य देखिएपछि यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याइएको हो । विमानबाट ल्याउने तयारी गरिए पनि विमान कम्पनीले यज्ञराजलाई ल्याउन नमानेपछि उनलाई गाडीमा ल्याइएको हो ।

महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएपछि उनलाई लठ्याउने सुई लगाएर काठमाडौं ल्याइएको थियो ।

शिक्षण अस्पताल ल्याइएका यज्ञराजलाई आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । उनको उपचारमा डा. तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ ।

कंचनपुर बाट शिक्षण अस्पताल ल्याइपुर्याउँदा उनको खुट्टा समेत फ्याक्चर भएको छ । बाटोमा धेरै बर्बराउने र उफ्रिने गर्दा उनको खुट्टामा पनि समस्या भएको हो । एक्सरेको रिपोर्टमा पन्तको खुट्टा फ्याक्चर भएको देखिएको छ ।

उनलाई अस्पताल कै मानसिक वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको छ । बाटोमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै प्रशासनले तीन जना सुरक्षाकर्मी समेत पठाएको थियो ।

छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै यज्ञराजले सरकारलाई अनुसन्धानमा दबाव दिन परिवारसहित धर्नामा बसेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्