सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

पेस्तोल र गोली पेटमा बाँधेर ल्याउने प्रहरी पासोमा

विराटनगरका दुई युवकलाई पेटमा लागुऔषधसँगै पेस्तोल बाधेर ल्याउदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शनिबार विराटनगर बसपार्कबाट पक्राउ परेका दुई युवकले पेटमा लागु औषधसँगै पेस्तोल र गोली बाधेर ल्याएको भेटिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) सहितको टोलीले शनिवार साँझ विराटनगर १६ का १८ वर्षीय विद्यानन्द मण्डल र २० वर्षीय अनुप गिरीलाई पेटमा लागु औषध सँगै हतियार टेपले बाधेर ल्याउदै गर्दा पक्राउ गरेको थियो ।

पक्राउ परेका मण्डलको साथबाट एउटा कटुवा पेस्तोल, केही थान गोली र एक सय ८० पिस लागूऔषध बरामद भएको प्रहरी स्रोतले जनाएको छ । गिरीका साथबाट दुई सय पिस लागूऔषध बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

मण्डल र गिरीसँग हतियार बुझ्न काठमाडौंबाट आएका रुपम राईलाई पनि प्रहरीले शनिबार नै पक्राउ गरेको छ । काठमाडौंमा सुरक्षा गार्डको रुपमा काम गर्ने राईले हतियार काठमाडौं पु¥याउने जिम्मा लिएको प्रहरी स्रोतको भनाइ छ ।

लागू औषध प्रयोगकर्ता गिरी र मण्डललाई हतियार कस्ले जिम्मा दियो भन्ने प्रहरीले केही खुलाएको छैन । पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ । हतियार कारोबारीको सञ्जाल खोजिरहेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।

पक्राउ परेकाहरुले एउटा पेस्तोल सम्बन्धित ठाउँमा पु¥याइदिए बापत प्रति व्यक्ति चार हजार रुपैयाँ पाउने गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीसहितको टोलीले गत सोमबार विराटनगरबाट उदयपुरका मन्दिप तामाङलाई ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र गोली सहित प्रहरीले पक्राउ गरेको थियो ।

तामाङ पक्राउ परेपछि हतियार बुझ्ने सुनसरीको खनारका सुशील साहलाई मंगलबार पक्राउ गरेको थियो । अवैध हतियार ओसारपसार र आयातका बारेमा धेरै कुरा खुल्ने क्रममा रहेको बताउदै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ परेकाहरुको नाम गोप्य राखिएको बताए । उनले हतियार कारोबारीको चेन पत्ता लगाउने काम भैरहेकाले अन्य व्यक्तिहरु पनि पक्राउ पर्ने सम्भावना रहेको बताए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्