सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आँखा तरेर हेरेको भन्दै गुण्डा तुषालको दादागिरी

घुरेर हेरेको निउँमा कलेज पढ्दै गरेका एक बिद्यार्थीको मोटरसाईकल फुटाएपछी गुण्डा तुषाल लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका गुण्डा तुषालले घुरेर हेरेको भन्दै ति विद्यार्थीलाई आक्रमण प्रयास गरेका थिए तर ति विद्यार्थीले भागेर आफ्नो ज्यान जोगाएका थिए ।

प्रहरीको निगरानीको सूचीमा रहेका गुन्डा निमा लामाका भाइ तुषाल लामालाई महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको टोलीले जडिबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार एक विद्यार्थीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

स्रोतका अनुसार लामाले महादेव स्थान नजिक रहेको ग्रामर कलेजमा बीबीएस अध्ययन गर्ने विद्यार्थीले आँखा तरेको भन्दै आक्रमणको प्रयास गरेका थिए ।

बानेश्वर वृत्तका एक प्रहरी अधिकारीले भनेका छन्–‘त्यहाँबाट विद्यार्थी तत्काल भाग्न सफल भएपछि उनले रिसमा विद्यार्थीको केटीएम मोटरसाइकल तोडफोड गरेका थिए । घटनामा प्रयोग भएको रड पनि बरामद भएको छ । अरु विषय बुझ्दैछौं ।’

निमा चैत ४ मा बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई धम्क्याएर हप्ता असुली गरेको आरोपमा पक्राउ गरेका थिए । त्यसअघि उनी हातहतियार तथा खरखजना मुद्दामा पनि समातिएका थिए । उनी सिनामङ्गलमा बस्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्