सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बलात्कारीलाई सजाय, ८ बर्ष जेल, ३० हजार जरिवाना

गुल्मीमा ११ वर्षीया बालिका बलात्कार गरेको कसुरमा इश्मा गाउँपालिका २ का ४९ बर्षीय प्रेमबहादुर कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले पीडकलाई कैद र ३० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताएका छन् ।

कार्कीलाई मुलुकी ऐन जबरजस्ती करणीको महल १ र ३ (२) विपरीत कसुर गरेको ठहर गर्दै अदालतले सोहि महलको ३ (२) बमोजिम उक्त सजाय तोकिएको श्रेष्तेदार बस्यालले बताएका हुन् ।

पीडित महिलालाई कार्कीले गत असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।

त्यस्तै गुल्मीको मदाने ६ पुर्कोटदह पनाहका ३२ बर्षीय दुर्गाबहादुर नेपाली पुर्पक्षका लागि जेल चलान भएका छन् । उनले गत कात्तिक १५ गते राति पत्नी ३१ बर्षीया सीता नेपालीको हत्या गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्