काठमाण्डौमै ८ बर्षिय बालकको अपहरण गरी हत्या
काठमाडौंको गोंगबुमा एक ८ बर्षिय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि मंसिर ११ गते गेष्टहाउस अगाडी खेलिरहेका बेला साँझ ६ बजे बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
बालकको शव म्हेपीस्तिथ मित्रनगरको कल्भर्टमा फालेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । स्वस्तिमा त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयासको अपहरणपछी हत्या भएको हो ।
बालक प्रयास कुँवरको मंसिर ११ गते ६ बजे सोही गेष्टहाउसको गाडि चलाउने ड्राइभर स्याङजा भिरकोटका महेन्द्र सार्कीले अपहरणपछि हत्या गरेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
प्रहरीले बालक अपहरणमा संलग्न सार्कीलाई बिहीबारै पक्राउ गरी आवश्यक कारावाही प्रकृया अगाडी बढाएको एसएसपी सिंहले बताएका छन् । बालक प्रयासको अपहरण गरी हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । अनुसन्धान भईरहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्