सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फाहोरको थुप्रोमा जेब्रा झोलामा थियो प्रयासको शव

काठमाडौंको गोंगबुमा एक ८ बर्षिय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि मंसिर ११ गते गेष्टहाउस अगाडी खेलिरहेका बेला साँझ ६ बजे बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

बालकको शव म्हेपीस्तिथ मित्रनगरको कल्भर्टमा जेब्रा झोलामा पोको पारेर फालेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । स्वस्तिमा त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयासको अपहरणपछी हत्या भएको हो ।

हत्या गरिएका ८ बर्षिय बालक प्रयास कुवँर

टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् बालक प्रयास कुँवरको मंसिर ११ गते ६ बजे सोही गेष्टहाउसको गाडि चलाउने ड्राइभर स्याङजा भिरकोटका महेन्द्र सार्कीले अपहरणपछि हत्या गरेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

बालकको हत्यारा महेन्द्र सार्की

प्रहरीले बालक अपहरणमा संलग्न सार्कीलाई बिहीबारै पक्राउ गरी आवश्यक कारावाही प्रकृया अगाडी बढाएको एसएसपी सिंहले बताएका छन् । एक महिनाअघिबाट मात्रै उनी प्रवीणको गेष्ट हाउसमा काम गर्न थालेका थिए ।

बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेका थिएनन् । प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको सार्कीले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने विषय निक्र्यौल भइसकेको छैन ।

जेब्रा झोलामा पोको पारी फालिएको अवस्थामा भेटिएको ८ बर्षिय बालक प्रयास कुवँरको शव

फेसबुकबाट कमेन्ट गर्नुहोस्