सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हुनेखानेको मस्तीः घरमा जेठी, अपार्टमेन्टमा कान्छि

नेपालका एक नाम चलेका उद्योगका उपकार्यकारी प्रमुखको घर काठमाडौंमा छ । उनी ललितपुरमा रहेको अपार्टमेन्टमा साताको दुई पटक आउँछन् । त्यहाँ उनकी पत्नी छिन् । तर, जेठी होइन, कान्छी । कुनै बेला उक्त उद्योगमा कर्पोरेट क्षेत्रमा काम गर्ने ति युवतीसँग उनले गुपचुप बिहे गरेका थिए ।

युवती पनि उच्च ओहदा र टन्न आम्दानी भएका ति व्यक्तिसँग बस्न राजी भइन् । अहिले युवती काम गर्दिनन्, ति व्यक्तिको साताको निरन्तरता जारी छ । उनको काठमाडौंको बंगलामा भने जेठी पत्नी र परिवार बस्छन् । उनको जीवनमा कुनै पनि परिवर्तन छैन, व्यवस्तताकाबीच उनी यसरी नै समय बिताइरहेका छन् ।

मोरङमा परिवारसँग बसीरहेका एक जना ठेकेदारले काठमाडौंमा घरमा कान्छी पत्नी राखेका छन् । उनी काठमाडौंमै बस्न थालेका छन् । सम्भवतः उनकी जेठी पत्नीलाई पनि उनको अर्को बिहेबारे जानकारी छ । तर, गुपचुप नै राखेका छन् ।

धेरै धन कमाएका र समाजमा राम्रो प्रभाव राख्न सक्ने उच्च धनाड्यको जीवन सौखिन हुन थालेको छ । कसैले काठमाडौंका फरक ठाउँमा त कसैले विदेशसम्म पनि आफ्नो सम्पत्ती जोडेका छन् । उनीहरूको सम्बन्धका बारेमा परिवारमा जानकारी भए पनि समाजमा त्यसरी देखाउने गरिएको छैन ।

सामाजिक सञ्जालका माध्यमबाट यदाकदा सार्वजनिक भए पनि त्यसमा हेक्का राखिएको छैन । न त उनीहरूलाई बहुविवाहका मुद्दा नै छन् । ‘काठमाडौंका अपार्टमेन्ट लगायतका ठाउँको किनबेच बढ्नुको रहस्य त्यसलाई खरिद गर्न सक्नेको पोस्टम्यारिज अफेयर्स र कान्छी बनाउने रहर पनि हो’, एक जानकार भन्छन्, ‘दाबीका साथ भन्छु उच्च पदस्तदेखि ठूला व्यापारीका यस्ता सम्बन्ध त्यहिँ छताछुल्ल हुन्छन् ।’

विभिन्न निकायसम्म राम्रो पहुँच भएकालाई कानुनले पनि छुन नसक्ने हुँदा यो क्रम बढिरहेको छ । खासगरी मनग्गे आम्दानी हुने र हाइप्रोफाइल परिवारमा यस्ता सम्बन्धका विविधता हुने गरेका छन् ।

‘कतिपयले सम्बन्ध विच्छेद भएपछिको जीवन सुरक्षित बनाउनका लागि पनि यसरी पहिला नै तयारी गरेका हुनसक्छन्’, समाजशास्त्रीहरू भन्छन्–‘यो हेर्दा ठूलो देखिए पनि पश्चिमा समाजको रितीअनुसार सामान्य नै मान्नुपर्छ ।’

हाइप्रोफाइलका यौन र वैवाहिक जीवनमा खटपट हुँदा पनि परिस्थिति र घटनाले यस्ता दृश्यहरू बनाउने गरेका छन् । यी घटना सामान्य हिसाबले सम्बन्ध बिच्छेदका आधारबाट टुंगिने समेत गरेको बताइन्छ ।

कतिपय हाइप्रोफाइलका पत्नी अलग्गै बस्नु, एकल जीवनमा पनि बिना झमेला बस्न सक्नुमा पैसा र शक्तिले काम गरेको हुन्छ । काठमाडौंमा यस्तो जीवन हाइप्रोफाइलका लागि अति सामान्य हुने गरेको बताइन्छ ।

जानकारहरु बताउँछन्–‘सेलिब्रिटीमा मात्र होइन त्यसभन्दा बाहेक पहुँच राख्नसक्ने हरेकका जीवनमा यस्ता घटना छन् । तर ति बाहिर आएको पाइँदैन ।’ महिला सम्पन्न जिवनका लागी सम्झौता गर्छन भने सम्पन्न सौखिन जिवनका लागी पैसा खर्च गर्ने गर्छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्