दरबारमार्गमा छुरीसहित समातिए रुकुमका गुण्डा
चितवनको भरतपुर बेस बनाएर गुण्डागर्दी गर्दै आएका इन्द्रकमल बुढाथोकीका सहयोगी प्रकाश पुनः पक्राउ परेका छन् । शुक्रवार राती ग्याङ फाईट हुन थालेको सुचना आएपछी दरबारमार्ग स्थित कासा रेष्टुरेण्टबाट पुनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी दान बहादुर मल्लले जानकारी दिएका छन् ।
रुकुमको तकसेरा स्थायी घर भएका प्रकाश पुन लामो समयदेखी चितवनको भरतपुरलाई बेस बनाएर गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रकाश पुनलाई प्रहरी हिरासतबाट छुटाउन गुण्डा नाईके इन्द्रकमल बुढाथोकी लागीपरेको बताईएको छ ।
धारिलो हतियार (छुरी) सहित पक्राउ परेका प्रकाशबारे प्रारम्भिक अनुसन्धान भईरहेको बताईएको छ । ‘आईतबार सार्वजनिक अपराध मुद्धामा म्याद लिएर थप अनुसन्धान गर्छौं’ डिएसपी मल्लले भने, ‘उनी संलग्न भएको विगतका घट्ना समेत केलाएर अनुसन्धान गर्छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्