सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विप्लवलाई प्रतिवन्ध होईन कारबाही हुनुपर्छः देउवा

नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । सभापती देउवाले अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने समेत बताएका छन् ।

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा । फाईल तस्विर

हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले मंगलबार विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बुधबार बिहान विराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले हिंसात्मक गतिविधी गर्नेलाई प्रतिबन्ध लगाउने निर्णय उपयुक्त भएको बताएका हुन् ।

देउवाले भनेका छन्–‘विप्लव समुहले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो । प्रतिबन्ध मात्रै होइन, कारबाही गर्नपर्छ ।’ जथाभावी आक्रमण गर्ने र अशान्ति मच्चाउने कार्य रोक्न विप्लव समूहविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने देउवाको भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्