सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विप्लव समुहलाई कसैले चन्दा नदिनुः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताएका हुन् ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीले भने–‘राजनीतिक आचरण र व्यवहारका साथ राजनीतिक क्रियाकलापमा आउन सबैलाई बाटो खुला छ । तर, आतंकलाई अस्त्र बनाएर लुटको धन्दा चलाउन पाइँदैन ।’

स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि पत्र आएको, पैसा मागेको सुनेको भन्दै उनले चन्दा नदिन आग्रह गरेका थिए । उनले भनेका छन्–‘नडराउनुस्, लुटेराहरुलाई लुट्न नदिनुस् ।’

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयतर्फ संकेत गर्दै उनले विध्वंशकारी क्रियाकलाप गर्नेहरुलाई कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय भइसकेको बताएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्–‘त्यो सरकारले गर्छ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्