पुर्वडिआईजी नवराज सिलवाललाई पक्राउ गर्ने तयारी
एमालेबाट प्रतिनिधिसभा सांसदमा निर्वाचीत पूर्व डिआईजी नवराज सिलवाललाई गोप्य दस्तावेज कार्यसम्पादन मूल्यांकनमा किर्ते गरेको अभियोगमा नेपाल प्रहरीले पक्राउ गर्ने ठहर गरेको छ । यस अघि सर्बोच्च अदालतले छानबिन गर्न दिएको आदेश र मुद्दा दायर भइसकेको विषयमा सिलवाल शंकाको घेरामा परेकाले प्रक्राउ गर्नुपर्ने निष्कर्षमा नेपाल प्रहरी पुगेको हो ।
प्रहरी प्रमुख अर्यालले सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्नुको विकल्प नभएको भन्दै पक्राउका लागि निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ । तत्कालीन डिआईजी जयबहादुर चन्द प्रहरी प्रमुखमा नियुक्त भएसँगै असन्तुष्ट बनेका डीआईजी सिलवाल आफूलाई आईजीपी बनाउन माग गर्दै सर्वोच्च अदालतमा गएकोमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको इजलासले उनको मागदाबी अस्वीकार गरेको थियो ।
प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिएसँगै हालका प्रहरी प्रमुख प्रकाश अर्याललाई सरकारले नियुक्ती दिएको थियो । सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन र लोक सेवा आयोगले पेश गरेको कार्यसम्पादन मूल्यांकन फरक पर्न गएको हुँदा सिलवाल बिरुद्ध मुद्दा दायर भएको हो ।
हालै मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सीलवाल माथी परेको मुद्दा र पक्राउ आदेशले उनी प्रवेश गरेको राजनीतीक पार्टी एमालेमा के तरंग ल्याउने हो त्यो भने हेर्न बाँकि छ । प्रश्न यो पनि छ की, अब उनको सांसद पद के होला ?
फेसबुकबाट कमेन्ट गर्नुहोस्