सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

एसबिआई र एभरेष्ट बैंकबाट बाहिरियो का*लो धन

अवै*ध गतिविधिमा संलग्न गि*रोहले बैंकमार्फत नै करोडौँ रुपैयाँ सम्पत्ति शु*द्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी र सम्पत्ति शु*द्धीकरण अनुसन्धान विभागले यसबारे छानबिन गरेको हो ।

नक्कली कम्पनी खडा गरी २६ करोड रुपैयाँ दुईवटा बैंकमार्फत भारत र्पुयाइएको एक घटनाको अनुसन्धान सकेर विभागले मु*द्दा दायर गर्ने तयारी गरेको छ । अवै*ध गतिविधिमा संलग्न एक भारतीय नागरिकले एभरेस्ट बैंक र नेपाल एसबिआई बैंकबाट २६ करोड रुपैयाँ अवै*ध रूपमा भारत र्पुयाएका हुन् ।

ती व्यापारीले बैंकका कर्मचारीलाई समेत प्रभावमा पारी सम्पत्ति शु*द्धीकरण र अवै*ध कारोबार गरेको विभागले जनाएको छ । टेलेक्स ट्रान्सफर (टिटी) मार्फत त्यसरी रकम भारत र्पुयाइएको हो । नेपालमा आफ्नो ठूलो कम्पनी भएको कागज देखाएर उनले पटकपटक गरेर भारतीय बैंकमा रहेको आफ्नो खातामा पैसा लगेका हुन् ।

‘अनुसन्धान गर्दा उनको नेपालमा कुनै पनि कम्पनी देखिएन,’ विभागका एक अधिकारीले भने, ‘नक्कली कागजपत्रकै आधारमा ठूलो रकम भारत लगेको देखिएको छ । यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ ।’ अवैध रूपमा नेपालबाट भारतमा पैसा लैजाने भारतीय नागरिक फ*रार भइसकेका छन् ।

विभागले सो प्रकरणमा संलग्न एभरेस्ट र एसबिआई बैंकका कर्मचारीसँग बयानसमेत लिइसकेको छ । ती कर्मचारी र भारतीय नागरिकविरुद्ध सम्पत्ति शु*द्धीकरण गरेको अभियोगमा विभागले एक साताभित्रै मुद्दा दायरको तयारी गरेको छ ।

Black Money in Nepal

कम्पनीको आधिकारिकता तथा आम्दानीको स्रोतजस्ता विषयको अध्ययन नै नगरी बैंकका कर्मचारीले टिटीमार्फत करोडौँ रकम शु*द्धीकरणमा सघाएका विभागको दाबी छ ।

अन्य बैंकमाथि पनि छानबिन हुँदै
यसरी बैंकमार्फत नै सम्पत्ति शुद्धीकरणमा गरिएको घटना नेपालमा पहिलोपटक खुलेको हो । एउटा घटनाको अनुसन्धान टुंगिएको र यस्ता धेरै घटना भएको हुन सक्ने विभागका अधिकारीहरू बताउँछन् । टिटीमार्फत बाहिरिएका ठूलो कारोबारको विवरण मगाएर विभागले छानबिन थालेको छ । जसमा अन्य बैंक पनि पर्न सक्ने अनुसन्धान अधिकारीहरू बताउँछन् ।

नेपालबाट विदेश पठाउने माध्यम लेटर अफ क्रेडिट (एलसी), टेलेक्स ट्रान्सफर र डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डी-पी) तथा डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डी-ए) हुन् । विदेशबाट सामान आयातका लागि एलसी खोलेर पैसा पठाइन्छ । यस्तो कारोबारमा बैंक नै ग्यारेन्टी बस्छ ।

बैंक ग्यारेन्टी नबसी टिटीमार्फत पनि विदेश पैसा पठाउन सकिन्छ । जुन माध्यमबाट एकपटकमा अधिकतम ३० हजार डलरसम्म मात्र पठाउन मिल्छ । यिनै दुई माध्यमबाट नेपालबाट विदेशमा पैसा पठाइन्छ । नेपालमा डी-ए र डी-पीको प्रयोग निकै कम हुने गरेको छ ।

जसमध्ये टिटी माध्यमको दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण भइरहेको खुलेपछि विभागले यसबारे राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ । राष्ट्र बैंकले समेत यसबारे बैंकहरूलाई परिपत्र गरिसकेको छ ।

लाभांश लैजाने नाममा पनि सम्पत्ति शुद्धीकरण भइरहेको विभागको आशंका छ । ठूलो रकम लाभांश विदेश लैजान पनि राष्ट्र बैंकको स्वीकृति चाहिने प्रावधान छ । नेपालमा काम गर्ने विदेशी नागरिकले महिनामा बढीमा तीन हजार तथा वर्षमा ३६ हजार टिटीमार्फत विदेश पैसा पठाउन सक्छन् । त्यसभन्दा बढी पठाउनुपरे राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने प्रावधान छ ।

बैंकमार्फत नै सम्पत्ति शुद्धीकरण तथा आतं*कवादी गतिविधिमा लगानी तथा कारोबारको जोखिम भएपछि गत साता मात्र नेपाल राष्ट्र बैंकले हरेक बैंक तथा वित्तीय संस्थामा सम्पत्ति शु*द्धीकरण निवारण समिति गठन गर्न निर्देशन दिएको छ । एकीकृत निर्देशिका संशोधन गरी यस्तो प्रावधान लागू गरिएको हो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्