सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडको सुची

पार्टी एकिकरणको तयारीमा रहेका एमाले र माओवादीले मन्त्रालयको भागवण्डा मिलाएका छन । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाइएको हो ।

एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायतका १० मन्त्रालय राखेको छ । माओवादीले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ ।

माओवादीले भौतिक पूर्वाधार र पर्यटन मागेको थियो । तर, दुबै मन्त्रालय एमाले आफैंले राखेको छ । एमाले नेताहरुले भने यो बाँडफाँट प्रस्तावित भएकाले केही संशोधन हुन सक्ने संकेत गरेका छन् ।

महासचिव ईश्वर पोखरेलले भनेका छन–‘मन्त्रालय बाँडफाँटबारे दुई अध्यक्षबीच सामान्य छलफल भएको हो । औपचारिक रुपमा टुंगो लागेको छैन ।’ कार्यदलको संयुक्त बैठक बस्नु पूर्व दुई अध्यक्षबीच छलफल भएको थियो ।

त्यहाँ प्रधानमन्त्री ओलीले गृह र परराष्ट्रमन्त्रीमा व्यक्ति पनि हेर्नु पर्ने बताएको एक नेताले जानकारी दिएका छन । मन्त्रालय भागवण्डा टुंगिएसँगै एमाले र माओवादी नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् ।

एमालेले भोलि विहान ९ बजे स्थायी कमिटीको बैठक बालुवाटारमा बोलाएको छ । माओवादी नेताहरुको भने प्रचण्ड निवास खुमलटारमा छलफलमा जुटेका छन् । दुई दलबीच प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति बुधबार नै जुटेको थियो ।

एमालेको भागमा परेका मन्त्रालयहरुको सुची
अर्थ तथा योजना मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
पर्ययन मन्त्रालय
शिक्षा तथा खेलकुद मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

माओवादीको भागमा परेका मन्त्रालयहरुको सुची
गृह मन्त्रालय
जलस्रोत तथा ऊर्जा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय
श्रम तथा रोजगार तथा महिला बालवालिका मन्त्रालय

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS