बाटो नाप्न गएका ईञ्जिनियरको माटोले पुरिएर मृत्यु
रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर सर्लाहीको मलङ्गवा नगरपालिका निवासी करिब २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु दुलालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक राजकुमार थापाका अनुसार लिखु हाइड्रो पावर र स्थानीयको लगानीमा खनिएको सिवालय वाम्ति सडकको बाटो नाप्ने क्रममा बुधबार साँझ माथिबाट माटोको ढिस्को खस्दा उनीहरु पुरिएका थिए ।
घटनास्थलबाट प्रहरी चौकी तथा हाइड्रो पावर समेत केही टाढा भएको कारण आधा घण्टा पछि मात्र उद्धार टोली घटनास्थलमा पुगेको थियो । शिवालयबाट पुगेको प्रहरी टोली र हाइड्रोका कर्मचारी तथा स्थानीयबासी समेतको मद्दतमा उनीहरुको शव घटनास्थलबाट निकालिएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्