सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘गुण्डा नाइके’ चक्रे मिलन समुहका आशिष पक्राउ

‘गुण्डा नाइके’ चक्रे मिलन समूहका एक सदस्य आशिष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । फसेको रकम उठाइदिने भन्दै पीडितबाट रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ पक्राउ गरेको हो ।

गुरुङ्ग काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

गुरुङले फसेको रकम उठाइदिने भन्दै सम्झना नकर्मी नाम गरेकी महिलाबाट ५० हजार लिएका थिए । काठमाण्डौ प्रहरी परिसरका अनुसार नकर्मीलाई कविता थापा, अनिता शाही, र बबिता शाक्यले ८ लाखको रकम नभएको चेक दिएका थिए ।

उक्त रकम उठाइदिने भन्दै गुरुङले रकम लिएपछि काम नगरेको भन्दै पीडितले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । गुरुङ महाराजगञ्ज क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्