को हुन त सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल ?
सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्ति गरेको छ । मंगलबार अबेर गरी बालुवाटारमा बसेको मन्त्रि परिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षक पदमा शैलेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
एआइजी पदमा रहेका ११ मध्ये पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, जानकीराम भट्टराई, सुबोध अधिकारी, निराकारण विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ मध्येबाट खनाल सशस्त्रको नेतृत्वमा चयन भएका हुन् ।
नियमावलीअनुसार सातै जना योग्य देखिए पनि वरिष्ठतामा खनाल अगाडि थिए । उनी केसी, थापा र पौडेलभन्दा ११ महिना अगाडि एआइजी भएका हुन् । उनीसँगै एआइजी बनेका जितबहादुर पुनले अवकास पाइसकेकाले उनको ब्याचमा उनी एक्ला थिए ।
खनाललाई केपी शर्मा ओली नेतृत्वको एमाले र माओवादी सरकारले २ असार २०७३ मा एआईजीमा बढुवा गरेको थियो । ओली नेतृत्वको सरकारले कार्यदक्षता, सक्षमता तथा मातहतलाई परिचालन गर्ने क्षमता लगायत मूल्यांकन गरी खनाललाई पहिलो नम्बरमा बढुवा गरेको थियो ।
त्यसबेला खनालसँगै जितबहादुर पुन पनि एआईजी बनेका थिए । खनाल एआईजीमा बढुुवा भएदेखि हालसम्म सशस्त्रको तालिम हेर्ने मानवस्रोत विकास विभाग (एचआरडी) मा कार्यरत छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्