चीनको अनलाइन कम्पनी अलिबाबा अब नेपालमा
चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाले नेपालमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले नेपालसहित दक्षिण एसियाली देशहरुमा सेवा दिन लागेको हो ।
सन् २०१२ मा स्थापना भएको दराज ग्रुपले पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ । यी देशमा अलिबाबाले दराजकै ब्राण्डमा आफ्नो सेवा विस्तार गर्नेछ ।
रकेट इन्टरनेसनलले भनेको छ–‘प्रविधि, अनलाइन व्यापार, मोवाइल पेमेन्ट लगायतका क्षेत्रमा अलिबाबाको नेतृत्व र अनुभव उपयोग गर्न दराज सक्षम छ ।’ यो सम्झौतापछि दक्षिण एसियाको ४६ करोड मानिसहरु लाभान्वित हुने रकेटले जनाएको छ ।
अलिबाबाका सीईओ ड्यानियल झाङले दराजको प्राप्तिले उद्यमशीलता विकास गर्नुका साथै दक्षिण एसियाली क्षेत्रका उपभोक्तालाई राम्रो सेवा दिने बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्