दाङमा कलगर्लको बिगबिगी, एक रातको ८ हजारसम्म
दाङको घोराहीमा सेक्स र्याकेट संचालन भइरहेको रहस्य बाहिरिएको छ । घोराहीमा संचालनमा रहेका करीब आधा दर्जन होटेलहरुमा अबैध रुपमा कल गर्लहरु राखी नियमित रुपमा कल मार्फत गर्लहरु उपलब्ध गराउँदै आएको तथ्य सार्वजनिक भएको हो ।
केहि दिन अघि दाङको लमही बजार स्थित एक सेकुवा कर्नरमा कल गर्ल बोलाई दुई जनाँंग यौन सम्बन्ध राख्नुपर्ने प्रस्ताव अस्विकार गर्दा आफुमाथी हातपात भएको कल गर्ल जानिका राव (नाम परीवर्तन)ले दुखेसो पोखिन् ।
“पहिला ३५ सयमा एक रातको डिल भयो, एक जनासँग मात्र सहवास गर्ने कुरा थियो, तर पछि २ जना सँग यौन सम्पर्क गर्न भनियो मैले मानिन् । अनि म माथी हातपात भयो । ”
आफुलाई ललाई फकाई राम्रो काम लगाईदिने बहानामा यौन पेशामा होटेल मालिक्नीले जबरजस्ती फसाएको रावको भनाई छ । रावका अनुसार करीब १ सयको हाराहारीका घोराहीमा कलगर्लहरु रहेको जानकारी दिएकी छन् ।
होल नाइट स्टेको ग्राहक हेरी ६ हजार देखी ८ हजार सम्म लिने गरेको र त्यो मध्ये आधा पैसा यौनकर्मीले पाउने र बाँकी होटेल मालिक, दलाल र र्याकेट संचालकहरुले लिने गरेको रावले जानकारी दिइन् ।
रावले भनेकी छिन–‘हाम्रा ग्राहकहरु पल्लेदार देखी, नेता, पत्रकार, प्रहरी, व्यवसायी, ठेकेदारहरु सम्म हुन ।’ बैकल्पीक पेशा नभएका कारण आफूहरु यो पेशामा संलग्न हुन बाध्य भएको रावको भनाई रहेको छ । उनले भनिन्–“रात भन्नु छैन, दिन भन्नु छैन मालिक र ग्राहकको इच्छा अनुसार जहाँ पनि जानु पर्छ ।”
ग्राहकले बोलाउँदा घोराहीका भिआइपी होटेलहरु देखी तुृलसिपुर, लमही, भालुबाङ्ग, सल्यान सम्म आफुहरु जाने गरेको रावले खुलासा गरीन् । दाङमा देह ब्यापारमा संलग्न महिलाहरु १६ बर्षदेखी ३५ बर्ष सम्मका रहेका छन् ।
यसरी देह व्यापार भइरहेको कुरा सबैलाई थाहा छ तर कोहि बोल्दैनन् । स्थानीय सरकारले कुनै सीपमूलक कामका लागि तालिम दिए आफुहरु यो पेशा छोडेर सम्मानीत पेशा अपनाउने रावको भनाई छ ।
घोराहीको मुटुमै धेरै यस्ता देहव्यापार गर्ने होटेलहरु संचालनमा रहेका छन् । यस बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्मा संग बुझ्दा गैह्र कानुनी रुपमा देह व्यापार भए गरेको पाईए प्रहरीले नछोड्ने चेतावनी दिएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्