सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बसचालक निदाउँदा दशैं मानेर फर्केका ५ को मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित हुँदा सडकबाट तल खसेको हो । प्रहरीका अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए ।

प्रहरीले बताए अनुसार ४० जना यात्रु बोक्ने क्षमता भएको उक्त रात्री बसले ५२ यात्रु बोकेको थियो । दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए । प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएको देखिएको प्रहरीको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्