उपत्यकाको फोहोर उठाउन अवरोध गरे कारबाही
काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनमा अवरोध पु¥याउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । महानगरको एक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कारवाहीको चेतावनी दिएका हुन् ।
उनले फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पमा समेत छलफल सुरु भएको बताएका छन् । उनले सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल सुरु भएको जानकारी दिएका हुन् ।
कार्यक्रममा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य प्रतिकूल हुने खालका किटाणुलाई निषेध गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराइएको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्