सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

क्यानडामा रियल्टर बने नेपालका गैरे ऋषिराम

rishiram-gaire-realstater-in-canada

पछील्लो समय क्यानडामा नेपालीहरुको आगमन बाक्लिँदो छ । नेपाली समुदायलाई आवश्यक सेवा सुविधा दिने कसरत गर्दै केही नेपालीहरु बिभिन्न ब्याबसायिक क्षेत्रमा संलग्न छन् । त्यस मध्ये एक हो घर जग्गा कारोबार ।

क्यानडामा २ वर्ष यता घर जग्गा कारोबार ह्वात्तै बढेको छ । घर जग्गा कारोबार र मुल्यबृद्धी सगै नेपालीहरुले घर जग्गा किनबेचलाई तिब्रता दिएको पाईन्छ । घर किनेको केही समय लगत्तै बेच्दा पनि निकै अन्तरमा फाईदा हुने भएकाले पनि यो क्रमले तिब्रता पाएको बुझिन्छ । यही समयको मौका छोप्दै घर जग्गा सम्बन्धी अध्ययन संगै आफ्नो नामको पछाडि ‘रियल्टर’को उपमा थप्दै आएका छन् ऋृषिराम गैरे ।

अर्थशास्त्रका ज्ञाता गैरेका बिभिन्न पुस्तक नेपालमा प्रकाशित छन् । काठमाडौंका क्याम्पसहरुमा अध्यापन पेशा अपनाएका गैरे ३ वर्ष अगाडि मात्रै क्यानडा आएका थिए । ‘ओरिया रियल स्टेज कलेज’को अध्ययन सके लगत्तै उनले घर जग्गा ब्यवसाय सुरु गरेका छन् ।

क्यानडाको ग्रेटर टोरोन्टो एरीयामा उनले आफ्नो ब्यवसाय सुरु गर्ने बताएका छन् । कन्डो मिनियम, टाउन हाउस, सेमी डिटाज तथा डिटाज घरहरु किनबेच गर्न परेमा आफूलाई सम्पर्क गर्न नेपाली समुदायलाई आग्रह समेत गरेका छन् । गैरे लगायत एक दर्जन भन्दा बढी नेपालीहरुले क्यानडामा ‘रियल्टर’ ब्यवसाय गर्दै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्