सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय बेश्यालयमा ६ लाखमा किशोरी बेच्ने छोङहाङ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राई छन् । ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई धरान–१७, धनकुटे रोडबाट पक्राउ गरिएको हो ।

राईले नेपाली बालिका तथा किशोरीलाई रोजगारी लगाइदिने प्रलोभनमा पारेर नयाँ दिल्लीस्थित जीबी रोडको बेश्यालयमा बिक्री गर्ने गरेको खुलेको एसपी चतुर्वेदीले जानकारी दिएका छन् ।

चतुर्वेदीका अनुसार उनले बोर्डर पास गराएर ६ लाख रुपैयाँमा नेपाली किशोरीलाई बिक्री गर्ने गरेको खुलेको छ । पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय, धरानले मुद्दा चलाउने भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्