सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अख्तियारको मुद्दाले घटे यातायातमा ५० प्रतिसत कर्मचारी

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको बताएका छन् । संसदको विधायन समितिमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन विगतमा रहेको बताएका छन् ।

‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायात कार्यालयका कर्मचारी ५० प्रतिशत सिद्धिसके । तर हाम्रो नियन्त्रणको निरन्तर प्रयास जारी छ’ उनले भने । कार्यक्रममा सांसदहरुले ४० हजारमा लाइसेन्स बिक्री हुने गरेको घटना के हो भनी महानिर्देशक ढकाललाई प्रश्न गरेका थिए ।

यातायात कार्यालयमा अहिले धेरै सुधार भएको भन्दै केही चोर प्रवृत्तिका मानिसहरुका कारण समस्या भएको बताएका छन् । ‘सुधार नै नभएको होइन । सबै अनलाइन सिस्टममा गएपछि बार्षिक ४/५ अर्ब राजश्व उठ्ने गरेकोमा २५/२६ अर्ब उठेको छ ।

तर, चोर प्रवृत्तिका मान्छेहरु दलाल प्रवृत्तिका मान्छेहरु छन्’ उनले भने ‘ऐन कानुन टाइट भएपछि भाउ पनि बढ्दो रहेछ । सिसिटिभी लगायतका सिस्टमबाट हेर्ने अनुगमन गर्ने कार्य पनि भइरहेका छन् । तर सिस्टममै ह्याक गर्दा रैछन् ।’

जति कडाइ गर्दा पनि लाइसेन्सको बिक्री रोक्न नसकिएको उनले स्वीकार गरेका छन् । ‘कानुन टाइट भएपछि भाउ बढेर ४० हजार पुग्यो होला । जति कन्ट्रोल र्गयो त्यति भाउ बढ्दो रहेछ’ ढकालले भने ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्