सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा खाना पकाउँदै गर्दा एक नेपालीको मृत्यु

नेपालमा चितवन घर भई हाल जापानको चिवामा बस्दै आएका एकजना नेपालीको आकस्मिक निधन भएको छ । श्रीमतीसहित जापान बस्दै आएका बिपिन धितालको खाना बनाउँदै गर्दा आइतबार अचानक मृत्यु भएको हो ।

मृतक धितालको शवलाई अनुसन्धानका लागी हाल चिवाको नोदा पुलिस स्टेशनमा राखिएको बताईको छ । मृत्युको एकिन कारण नखुलेपनि धितालको मृत्यु हृदयघातका कारण भएको हुनसक्ने आशंका गरिएको छ ।

मृतक धितालको लिभरमा समस्या रहेको बताइएको छ । धितालका एक छोरा र एक छोरी नेपालमै छन । कुक भिसामा जापान आएका ४० वर्षीय धिताल हाल आफ्नै व्यवसायमा संलग्न रहेको बुझिएको छ ।

मृतक बिपिन धितालको अत्येष्टी यहीँ गर्ने या नेपालमा गर्ने भन्ने बिषयमा नेपालमा परिवारसँग सल्लाह गरेपछी थाहा हुने मृतकका दाई बिनोद धितालले बताएका छन् । पारिवारीक श्रोतका अनुसार मृतक धितालको सम्भवत जापानमै अन्तिम संस्कार गरिनेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्