सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जापानमा भएको लाफा कप-२०१९ हेरौँ तस्विरमा

जापानमा मे ५ तारिख आईतबारका दिन भएको फाईभ–ए–साईड ‘लाफा कप–२०१९’ पनौती ११ ले हात पारेको थियो । प्रतिस्पर्धी टोक्यो ब्रोदर्सलाई हराउँदै पनौती ११ ले लाफा कप आफ्नो पोल्टामा पार्न सफल भएको थियो । पनौती ११ सँग हार बेहोरेको टोक्यो ब्रोदर्स दोस्रो बनेको थियो ।

विजेता पनौती ११ ले लाफा कपको ट्रफी, नगद पुरस्कार पाँच लाख जापानी येन, ट्रफी र प्रमाणपत्र हात पारेको थियो । दोस्रो बनेको टोक्यो ब्रोदर्सले नगद पुरस्कार २ लाख जापानी येन, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको थियो । त्यसै गरी तेस्रो बनेको राईजिङ नेपालले नगद पुरस्कार १ लाख जापानी येन, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको थियो ।

त्यसैगरी लाफा कप–२०१९ मा बेस्ट प्लेयरको उपाधी पनौती ११ का साजन प्रधानले पाएका थिए । बेस्ट डिफेन्डरको उपाधी काभ्रेली समाजका लिल गुरुङले पाएका थिए भने हाई स्कोररको उपाधी काभ्रेली समाजकै सागर चौधरीले पाएका थिए । त्यस्तै बेस्ट गोलकिपरको उपाधी टोक्यो ब्रोदर्सका उत्तम गिरीले प्राप्त गरेका थिए ।

विजेता टिम पनौती ११ लाई प्रोफीट सर्भिसका सञ्जय गुरुङ र शेखर डंगोलको हातबाट पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो हुने टोक्यो ब्रोदर्सलाई साझा समाज जापानका अध्यक्ष तथा शेरचन थकाली रेष्टुरेन्टका सञ्चालक बुद्धि शेरचन र आदिवासी जनजाती महासंघ तोचिगीका संयोजक तथा शेर्पा रेष्टुरेन्टका सञ्चालक डेनी शेर्पाको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।

तेस्रो हुने टिम राईजिङ नेपाललाई लाफा स्पोर्टस बार एण्ड ग्रिलका समर पुन र महेन्द्र थापा तथा एनआरएन तोचिगीका संयोजक विकास वस्नेतको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा जापानमा रहेका २१ ओटा नेपाली फुटबल समुहले सहभागीता जनाएका थिए । ‘लाफा कप–२०१९’ लाई जापानमा नेपालीहरुको पहिलो हाकेन कम्पनी एसएमएस कर्पोरेसनले मुख्य प्रायोजन गरेको थियो । त्यस्तै प्रोफिट सर्भिस, लाफा रेष्टुरेन्ट एण्ड बार र शेर्पा कर्पोरेसनले पनि लाफा कप–२०१९ लाई प्रायोजन गरी सहयोग गरेको लाफा क्लवका अध्यक्ष मनोज गुरुङले बताएका छन् ।

लाफा कपलाई सहयोग गर्ने अन्य सहयोगदाताहरुमा एलजी परिवार, प्रकाश महत, एभरेष्ट कर्पोरेसन, कमल शेरचन, शेरचन रेष्टुरेन्ट, लाल प्रसाद गुरुङ, ओहिरा क्लव, दारुमा हलाल, राजु शेरचन, कमल बोगटी, प्रीन्स चुनेली, राम रेग्मी, विनय खवास, खेम पुर्जा, नमस्ते रेष्टुरेन्ट ओयामा, एम.के.जोसी, सिटि रेमिट तोचिगीका कर्मचारी कृष्ण प्रसाद गैरे, राज कुमार दरेल, प्रकाश सिंह, महेश श्रेष्ठ, तिर्थ राज दाहाल, सुरेन्द्र लाल श्रेष्ठ, विजय कुमार श्रेष्ठ, लेलीन भट्टचन, विद्या सागर गुरुङ, तेज तामाङ, थमन पुन, प्राइज भण्डारी, डि.के. घिमिरे रहेका छन् ।

प्रतियोगितामा लाफा रेड, ब्लु रे, नर्थर्न सिजुओका काठमाण्डु, सगरमाथा, पनौती ११, गोर्खे जे, अल स्टार, छेबेटार, लाफा युनाईटेड, ओईजुमी, गोर्खे, मगर समाज तोचिगी, लाफा ब्लु, रोशी, काभ्रेली समाज, याताईमुरा नेपाल युनाईटेड, सनसाईन, टोक्यो ब्रोदर्स, तोचिगी काल भैरव, हाईजीमा र राईजिङ नेपालले सहभागता जनाएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्