होटल नजिकै युवाको मृ*त्यु, रगताम्मे भित्तो
दोलखाको सदरमुकाम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएका एक युवकको मृ*त्यु भएको छ । भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी उपचारार्थ चरिकोटस्थित अस्पताल पु¥याए पनि चिकित्सकले मृ*त घोषणा गरेका थिए ।
बस्नेतलाई दुई/तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेऊबाट करीब एक किलोमिटर टाढा लगी हति*यारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन् ।
रिसोर्टमा बास बस्ने विदेशी नागरिकले हल्लाखल्ला र चित्कार सुनेको होटलवालालाई सुनाएपछि होटलवालाले प्रहरीलाई खबर गरेको थिए । सडकको छेउमा एउटा जुत्ता र सट भेटिएको र रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्तामा रग*तको आहाल रहेको प्रहरीले जनाएको छ ।
मृ*तक युवा बोलेरो चालक हुन् । अनुसन्धानका लागि उनका साथीलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनको श*व चरिकोटस्थित श*वगृहमा राखिएको छ ।
खोलाले बगाउँदा एक युवक बेप*त्ता
त्यसैगरी दोलखाको कालिञ्चोक गाउँपालिका–२ स्यारावाराङस्थित कालिञ्चोक खोलाले बगाउँदा एक युवक बेप*त्ता भएका छन् । कालिञ्चोक खोलामा माछा मा*र्ने क्रममा डुबेर ३१ वर्षीय राजु थामी बेप*त्ता भएको प्रहरी नायब निरीक्षक सेते तामाङले बताएका छन् ।
युवक बेप*त्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा चार जनाको टोलीले खोजी जारी राखेको तर हालसम्म फेला पार्न नसकेको बताइएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्