अन्तराष्ट्रिय उडान र सिमाना जेठ १८ सम्म बन्द
सरकारले जेठ १८ गतेसम्म अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।
यस्तै अन्तराष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताएका छन् ।
बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्