सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्दा पक्राउ

आज बुधबार दिउँसो नेपाल भ्रमणमा आउँदै गरेका भारतिय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्छु’ भन्ने अभिव्यक्ति दिएपछी पुण्य गौतम पक्राउ परेका छन् ।

केही युट्युव च्यानलमा नेपाल भ्रमणमा आउँदै गरेका भारतीय सेनाध्यक्ष नरवणेलाई ‘कालो झण्डाले स्वागत गर्छु’ भन्ने अभिव्यक्ति दिएपछी उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Punya Gautam

आफुलाई नेकपाको नेता र पिएचडी स्कलर भनेर युट्युव तथा सामाजिक सञ्जालमा चिनाउँदै आएका पुण्य गौतम बेलाबेला बिभिन्न विवादीत अभिव्यक्तिका कारण चर्चामा आइरहने पात्र हुन् । पछिल्लो समय युट्युव र सामाजिक सञ्जालमा उनका अभिव्यक्ति र भिडियोहरु धेरैले रुचाउने गरेका छन् ।

भारतीय स्थल सेनाध्यक्ष नरवणे बुधबार दिउँसो नेपाल भ्रमणमा आउँदैछन् । नेपाल र भारतको सिमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण नरवणेको सम्भावित विरोधलाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS