मन्दिपको नेतृत्वमा तोचिगी एनआरएनए गठन
जापानको तोचिगीसीमा गैर आवासिय नेपाली संघ जापानको क्षेत्रिय कार्यसमिति गठन गरिएको छ । गैर आवासिय नेपाली संघ जापानको हालको कार्यसमितिका क्षेत्रिय सचिव विकास वस्नेतको संयोजकत्वको कार्यसमितिको कार्यकाल सकिएपछी समितिबिहिन बनेको तोचिगी एनआएनएलाई मन्दिप क्षेत्री नेतृत्वको नयाँ कार्यसमिति गठन गरी ब्युँताइएको छ ।
लामो समय समितिबिहिन बनेको तोचिगी एनआएनएलाई चुनाव आउनै लाग्दा ब्युँताइएको हो । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै जुम एप्लीकेसनमार्फत आयोजना गरिएको अधिबेशनले मन्दिप क्षेत्री संयोजकत्वको १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा महिला उप–संयोजकको पद भने खालि रहेको छ ।
नयाँ गठित तोचिगी एनआरएनएको उप–संयोजकमा सन्तोष घिमिरे र सुनिल सापकोटा उप–संयोजक रहेका छन् । सचिवमा उत्तम खनाल चयन भएका छन् भने सह–सचिवमा कपिल न्यौपाने र आशिष बन्धु खनाल चयन भएका छन् । कोषाध्यक्षको चिम्मेवारी प्रकाश जंग सिंहले पाएका छन् भने सह–कोषाध्यक्षमा अनिल कुमार किशन रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा मेघराज सापकोटा, रोहीत मगर, संजय लम्साल र मान पुन रहेका छन् । महिला सदस्यमा सम्झना राई चयन भएकी छिन भने विद्यार्थी सदस्यमा रोहित कुमार यरी रहेका छन् । नयाँ कार्यसमिति चयनका लागी एनआरएनए तोचिगीका संस्थापक अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा राम रेग्मी र डि.बि. घिमिरे सदस्य रहेको तिन सदस्यीय निर्वाचन आयोग गठन गरिएको थियो ।
तर्दथ समितिका संयोजक मन्दिप क्षेत्रीको सभापतित्वमा भएकोमा अधिवेशनमा एनआएनए जापानका अध्यक्ष देवीलाल भण्डारी प्रमुख अतिथी रहेका थिए । जुममार्फत भएको अधिबेशनमा एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्गलाई विशिष्ट अथिति बनाइएको थियो भने क्षेत्रीय उपाध्यक्ष तथा क्षेत्रिय निर्वाचन कमिटी संयोजक दिपक कार्की, युवा उपाध्यक्ष नविन न्युरे लगायत दुई दर्जन भन्दा बढीलाई अतिथी बनाईएका थियो ।
एनआएनए जापानको निर्वाचनको प्रयोजनका लागी क्षेत्रिय समितिको गठन गरिएको भए पनि तोचिगी क्षेत्रीय समितिको गठनले तोचिगीबासी नेपालीमा आशा जगाएको छ । तोचिगीमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका स्थापित व्यवसायी मन्दिप क्षेत्रीको नेतृत्वले तोचिगीबासी नेपालीको पक्षमा सकारात्मक काम गर्ने तोचिगीबासी नेपालीको अपेक्षा छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्