सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

प्रहरीले तयार पार्यो १६१ गुण्डाको नालीबेली

काठमाडौं प्रहरीले १६१ जना पुराना तथा नयाँ गुण्डाको सुचि तयार पारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख (एसएसपी) छविलाल जोशि र अपराध महाशाखाका प्रमुख (एसएसपी) दिनेश अमात्यले संयुक्त पत्रकार सम्मेलन गरेर काठमाडौंमा गुण्डागर्दीमा संलग्न १६१ जनाको सुचि बनाएरै निगरानी शुरु गरिएको जानकारी दिएका छन ।

‘१६१ जना गुण्डाको तीनपुस्ते उतारेर निरन्तर मनिटरिङ्ग गरिरहेका छौं’ एसएसपी जोशिले भने, ‘३० जनालाई पक्राउ गरेर नयाँ फोटो र फिंगर प्रिन्ट संकलन गरिसकेका छौं, अन्यको पनि फिंगर प्रिन्ट संकलन गर्ने क्रम जारी छ ।’

पुराना गुण्डाको ठाउँमा नयाँ गुण्डाले स्थान बनाउने प्रयत्न गरेको परिवेशमा आफुहरुले गुण्डागर्दीबारे विशेष निगरानी शुरु गरेको जानकारी दिँदै महानगरीय अपराध महाशाखा प्रमुख (एसएसपी) दिनेश अमात्यले भने, ‘पुराना आउटडेटेड गुण्डाको ठाउँमा नयाँ गुण्डा जन्मेका छन, अब उनिहरुमध्ये कसैले पनि टाउको उठाउने चेष्टा नगरे हुन्छ हामी जुनसुकै बेला बल प्रयोग गर्न सक्छौं ।’

प्रहरीले तयार पारेको गुण्डाको सूचीमा ठमेल क्षेत्रमा गुण्डागर्दी गर्दै आएका दीपक मनाङ्गे, बिजय गच्छदारको छत्रछाँयामा गुण्डागर्दी गरिरहेका गणेश लामादेखि काभ्रेली समुहका दावा लामासम्म रहेका छन् ।

नाम चलेका पुराना गुण्डा बाहेक काठमाडौंको गल्ली–गल्लीमा सक्रिय टोले गुण्डाहरुको समेत सुचि तयार पारेर गोप्य रुपमा निगरानी शुरु गरिएको एसएसपी जोशीले जानकारी दिएका छन ।

टोले गुण्डाहरुले कुनै अपराध गरेमा तुरुन्तै नियन्त्रणमा लिएर कारवाही गर्नेगरी अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त प्रहरी टोली बनाईएको जोशीले जानकारी दिएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS