सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चुनावमा अटेर गर्ने ७ जना कर्मचारीलाई कारबाही

निर्वाचन आयोगले बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनमा असहयोग गर्ने सात कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको छ । आयोगले सो दिनको निर्वाचन कार्यको लागि खटिने क्रममा केही कर्मचारीले जिम्मेवारी पूरा गर्न अटेर गरेको भन्दै कारबाहीका लागि सम्बद्ध कार्यालयहरुलाई आग्रह गरेको छ ।

तोकिएको काम नगर्ने तथा दिएको नियुक्ति समेत नलिनेमा विभिन्न सरकारी कार्यालयमा कार्यरत सात कर्मचारी रहेका आयोगले उल्लेख गरेको छ । ती कर्मचारीमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीमा कार्यरत उपसचिव जीवनराम पुरी, महालेखा नियन्त्रक कार्यालयका उपसचिव काशीनाथ भट्टराई रहेका छन ।

त्यसैगरी राष्ट्रपतिको कार्यालयका उपसचिव प्रह्लादप्रसाद पुडासैनी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत उपसचिव खेमप्रसाद उपाध्याय रहेका छन् ।

कार्यसम्पादनमा अटेरी गर्ने अन्य कर्मचारीमा पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनामा कार्यरत उपसचिव शिवराम भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद घिमिरे र नारायणहिटी दरबार संगह्रालयमा कार्यरत उपसचिव रोहितकुमार ढुंगाना छन् ।

यी कर्मचारीलाई सचेत गराई आयोगलाई १५ दिनभित्र जानकारी गराउन आयोगले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्