सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राष्ट्रपतिका लागी गाडीको माग नभएको खुलासा

राष्ट्रपति कार्यालयबाट गाडी किन्नका लागि १६ करोड रुपैयाँ बजेट माग भएको सामाचार सार्बजनिक भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस सम्बन्धी प्रस्ताव सरकारलाई प्राप्त नभएको बताएका छन ।

सोमबार संसद बैठकलाई सम्बोधन गर्दै देउवाले सो बिषयमा जानकारी गराएका हुन । उनले राष्ट्रप्रमुखको सुरक्षा र गरिमाका निम्ति गाडी किन्ने विषयलाई सामान्य मान्नुपर्ने पनि बताएका छन ।

त्यसअघि संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति विद्या भण्डारीका लागि १६ करोडको गाडी किन्ने र सिंहदरबारभित्र १० करोड लागतमा फोहर व्यवस्थापन आयोजना बनाउन लागेको भन्नेबारे सरकारको जवाफ मागेका थिए । जवाफमा प्रधानमन्त्रीले सिंहदरबारभित्र त्यस्तो केही बन्न नलागेको बताएका थिए ।

सांसदहरुका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आगामी माघ ७ गतेभित्र संघीय र प्रादेशिक संसदको निर्वाचनलाई आगामी आर्थिक वर्षको बजेटले उच्च प्राथमिकता दिएको र त्यसको कार्यान्वयन वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन ।

उनले आर्थिक वर्ष ०७४÷७५ को बजेटमा स्वीकृत कार्यक्रमलाई कार्यान्वयन गर्न साउन १ गतेदेखि नै ७४४ वटै स्थानीय तह र अन्य निकायमा अख्तियारी पठाइने संसदलाई जानकारी गराएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्