सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

त्रिपुरेश्वरको ग्यारेजमा आगलागी, कामदारको मृत्यु

काठमाडौंको त्रिपुरेश्वर स्थित जयन्ती आयल स्टोर सँगै रहेको एक मोटर ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । के कारणले आगलागी भएको हो भन्ने खुल्न सकेको छैन ।

आगलागीमा परी एक जना घाइते भएको कालिमाटी प्रहरीले जनाएको छ । घाईतेलाई उपचारका लागी वीर अस्पताल लगिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका वारुणयन्त्रका साथै आगलागी नियन्त्रण दस्ताले आगो नियन्त्रणमा लिएका छन ।

आगलागी भएको स्थानबाट पेट्रोल पम्प नजिकै रहेकाले संवेदनशील मानिएको क्षेत्रमा सुरक्षाकर्मी लगायतको आगो नियन्त्रण टोलिले संयमतापुर्वक आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति टरेको छ ।

आगोमा जलेर मृत्यु भएकाको पहिचान खुलेको छैन, यद्यपि उनी त्यहीँका कामदार रहेको बताइएको छ । मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्