सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आम निर्वाचनमा भोट कसरी हाल्ने ? (भिडियो हेर्नुहोस्)

मुलुक संघीय प्रणालीमा गएपछि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिक आइरहेको छ । मंसिर १० र २१ गते हुने आम निर्वाचनपछि मुलुक पूर्ण व्यवहारिक रुपमै संघीय ढाँचामा जाँदैछ । यो ऐतिहाँसिक निर्वाचनमा मतदान कसरी गर्ने त ?

यो पटकको निर्वाचनबाट मतदाताले संघीय प्रतिनिधि सभा र प्रदेश सभा सदस्य छान्न मतदान गर्दैछन । मतदाताले बहुमतीय प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्छ । बहुमतीय प्रणालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई मतदान गर्न छुट्टा छुट्टै रंगका दुई मतपत्र हुनेछन् ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि दलहरुको चुनाब चिन्हमा मतदान गर्नुपर्नेछ । रातो रंगको यो मतपत्र प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै हुनेछ ।

मत खसाल्ने बेलामा मतदाताले सबैभन्दा पहिले हरियो रंगको मतपत्र पाउनेछन् । हरियो मतपत्र पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य चयनका लागि हो । मतपत्रमा भएमध्ये कुनै एउटा निर्वाचन चिन्हमा मात्र मतदाताले स्वस्तिक चिन्ह लगाउनु पर्नेछ ।

निर्वाचन अधिकृतले दोस्रो मतपत्र कालो रंगको दिनेछन् । यो मतपत्र बहुमतीय प्रणालीबाट प्रदेश सभा सदस्य चयन गर्नका लागि हुनेछ । यो मतपत्रमा भएका मध्ये एउटा निर्वाचन चिन्हमा मात्र मतदाताले स्वस्तिक चिन्ह लगाउनु पर्नेछ ।

अन्तिममा मतदाताले रातो रंगको मतपत्र पाउनेछन । यो मतपत्र प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक उम्मेद्वार छनौट गर्नका लागी हो । यसमा राजनीतिक दलको एउटा मात्र चुनाब चिन्हमा स्वस्तिक चिन्ह लगाउनु पर्नेछ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्