परदेशीको आयोजनामा जापानमा भलिवल प्रतियोगिता
परदेशी क्रस कल्चर एसोसिएसन नागोयाले आगामी डिसेम्बर १२ तारिखमा जापान स्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता नागोयाको निसुकु स्थित बिवाजीमामा हुने क्रस कल्चरका अध्यक्ष मनोज बम मल्लले बताएका छन ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख ५० हजार येन पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले एक लाख ५० हजार येन र मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगीतामा तेस्रो हुने टिमलाई पनि सान्त्वना पुरस्कारको व्यवस्था गरिएको संस्थाका अध्यक्ष मल्लले बताएका छन ।
प्रतियोगीतामा सहभागी हुनका लागी प्रति टिम ४० हजार येन दर्ता शुल्क तोकिएको छ । जापानमा रहेका नेपालीहरुबिच आपसी सद्भाव र खेलको प्रतिभा प्रस्फुटनका लागी भलिवल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मल्लले बताएका छन ।
प्रतियोगिता बिहान ९ बजेबाट सुरु हुने आयोजक परदेशी क्रस कल्चरले जनाएको छ । भलिवल प्रतियोगितामा सहभागी हुनका लागी टिम दर्ता गर्ने मिति डिसेम्बर ५ तारिखसम्म तोकिएको प्रतियोगिताकी संयोजक रेश्मी खाँणले बताएकी छिन । प्रतियोगितामा लगभग १२ टिम सहभागी हुने आयोजकको अनुमान छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्