मुग्लिनमा पहिरोले गुडिरहेका गाडी पुर्यो, दुईको मृत्य
मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा आज बिहान खसेको सुख्खा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उद्धारमा खटिएका प्रहरीका अनुसार घटनास्थलमा सल्यानका रेशराज रानाको शव भेटिएको छ । उनी सवार मोटरसाइकल क्षतविक्षत रहेको छ । उनको लाइसेन्सबाट सनाखत भएको हो ।
पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको थियो । जसमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको विवरण भने खुलेको छैन । मृतक भनिएका रेशराज रानाको पनि आधिकारीक पुष्टि हुन बाँकी नै छ ।
लमजुङका १५ बर्षीय सञ्जीव राना र बीरगञ्जका ३६ बर्षीय बन्नु पटेलको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । चितवन प्रहरीका अनुसार पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएका छन ।
सुख्खा पहिरो बिहान १०ः४० बजेको समयमा गएको बताईएको छ । पहिरोले सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । पुरीएका सवारी साधनमा सवार यात्रु जिवित रहनसक्ने सम्भाबना न्युन रहेको उद्दारमा खटिएका सुरक्षाकर्मीले बताएका छन ।
घटनाको जानकारी पाए लगत्तै गृहमन्त्री विमलेन्द्र निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका छन । उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।
घाइतेको उद्धारका लागि गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइसकिएको छ । यो सडकखण्डमा विहान १० बजेदेखि ४ बजेसम्म बाटो बन्द गरेर सडक विस्तार गर्ने गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्